दफा २७
बार्षिक प्रतिवेदन
(१) सार्वजनिक सेवा/प्रसारण संस्थाले आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नेछ।

(२) उपदफा (१) बमोजिमको प्रतिवेदन नेपाल सरकारले संघीय संसदको सम्बन्धित समितिमा पेस गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको प्रतिवेदनमा देहाय बमोजिमका विषय समावेश गर्नु पर्नेछ:-

(क) सार्वजनिक सेवा प्रसारण संस्थाले वर्षभरिमा गरेका मुख्य-मुख्य गतिविधिको संक्षिप्त विवरण,

(ख) लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित मुख्य विषय, र

(ग) -श्रोता तथा दर्शक समूहको गठन तथा त्यस्तो समूहले दिएको राय, सल्लाह र सुझावको विवरण।